
तनहुँमा बुधबार कोरोना संक्रमणको दर हालसम्मकै उच्च देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा तनहुँमा आज बुधबार मात्र १६६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । जसमा ९८ जना पुरुष र ६८ जना महिला रहेका छन् ।
उक्त संक्रमण दर हालसम्मकै सबैभन्दा उच्च हो।
योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय २० जना पुगेको छ। जस्मा १ हजार ९ सय ३ निको भैसकेका छन् भने सक्रिय संक्रमितको सङ्ख्या ८ सय ५९ रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?