एनसिएस एजुकेसन फाउण्डेसनको आयोजनामा वैशाख ९ गते शुक्रबार तनहुँको सदरमुकाम दमौलीमा ‘अष्ट्रेलियन एजुकेसन सेमिनार’ हुने भएको छ ।
शुक्रबार दिनको १ बजे दमौली पार्टी प्यालेसमा हुने सेमिनारमा अष्ट्रेलियाको परिवर्तित शिक्षा नीति, कोर्ष, छात्रबृत्तीको अवसर लगायत विद्यार्थीले आवश्यक पर्ने सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने एनसिएसका प्रवन्ध निर्देशक रमेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपलब्धीपूर्ण हुने बताए ।
एनसिएस एजुकेसन फाउण्डेसनले नेपालबाट उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श लगायत भिसा सेवा समेत प्रदान गर्दै आएको छ। सन २००० मा स्थापना भएको फाउण्डेसनले आई.ई.एल.टि.एस(आएल्स) कोर्ष , अन्य भाषा तथा भिसा सम्बन्धि सम्पूर्ण प्रक्रिया गराई धेरै विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाई सकेको छ। जसले गर्दा एनसिएस एजुकेसन फाउण्डेसन विद्यार्थीहरुको प्रमुख रोजाईको केन्द्र बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?