
काठमाडौं : साताको अन्तिम कारोबारको दिने नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक विहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दूमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ । विहीबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता शेयर १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
बुधबारको तुलनामा विहीबार कारोबार रकममा सुधार भएको छ । बुधबार १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । विहीबार नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ वटाको घटेको छ ।
जसमा अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको १.०४ प्रतिशत बढेको छ । तर यता, निर्जीवन बीमा, वित्त, म्युचुअल फण्ड र बैंकिङ्ग उपसमूहको परिसूचक घटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?