नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोनमा कुराकानी  पछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई १० लाख डोज खोप दिने  घोषणा गरेकी हुन् ।

चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।

बुधबार दुई राष्ट्रपतिबीच  भएको कुराकानीमा राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक पर्ने खोप चीनबाट खरिद गर्न इच्छुक रहेको बताएकी थिइन् । उनले यस प्रक्रियामा सहजीकरण गरिदिन चीनका  राष्ट्रपतिलाई  आग्रह गरेकी थिइन् ।

जवाफमा चिनियाँ राष्ट्रपतिले ‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं,नेपाल र चीनको गहिरो मित्र रहेकाले नेपाललाई चाहिने खोप  सहयोगबारे आफूले पहल गर्ने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?