उम्मेदवार मनोनयनको लागि कुन कुन कागजात आवश्यक पर्छ? (सुची सहित)

काठमाण्डाै : आउँदो ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सि उम्मेदवारी दर्ता हुँदैछ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।

सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू उम्मेदवार हुन पाउँदैनन् ।

सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्तिहरू पनि उम्मेदवार हुन पाउँदैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?