काठमाडौं: बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (बैशाख ११ गते) देखि निष्कासन तथा बिक्री खुला हुँदैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता र बाँकी ३ लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना जोडिएका लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो।
निष्कासन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ। आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेँसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेँसीशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?