लोकतन्त्र दिवसको अवसरमा विद्यार्थी सर्कल द्वारा दीप प्रज्वलन

दमौली : तनहुँको व्यास नगरपालिका -१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलले  नेपालकाे नक्सामा दीप प्रज्वलन गरि लोकतन्त्र दिवस मनाएको छ । ६ औं लोकतन्त्र दिवसको अवसर परेर सर्कलले क्याम्पसको प्रांगणमा दीप प्रज्वलन गरेका हुन्  ।

सर्कलका अध्यक्ष दिनेश विक सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाको प्रमुख संरक्षक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले , पाली कांग्रेस तनहुँ  प्रदेश २ (ख) का सचिव एवं जिवन सेवा अभियानका संस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ , नेविसघं क्याम्पस इकाइ सभापति सुदर्शन पोख्रेल् ,आदिकवि नेपाली सिर्जनशील मञ्चका अध्यक्ष सन्दिप सुनार, जीवन सेवा अभियान अध्यक्ष पुजा सुनार,एबिसि लेक्सकी अध्यक्ष रिसु थापा ,एबिसि म्याथका अध्यक्ष पदम थापा ,प्राध्यपकहरु , पुर्व विद्यार्थी समाजका पदाअधिकारिहरु , लगायत सर्कलका पदाअधिकारिहरु सहभागिता रहेको थियो ।

सर्कलका सचिव सुमन खड्काले गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष मिलन तामाङ गरेका थिए । साथै कार्यक्रममा कक्षा ११/ १२ का बिधार्थीले नृत्य प्रस्तुत गरिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?