नगर अस्पताल निर्माण गर्दै व्यास नगरपालिका

व्यास नगरपालिकाले नगर स्तरीय अस्पताल निर्माण गर्ने भएको छ । व्यास  नगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ  नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार सम्पन्न नियमित बैठकले नेपाल सरकार, प्रदेश सरकार एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोग दाताहरुलाई समेत आकर्षण गर्ने गरी तत्काल अस्पताल निमाण गर्ने तर्फ आवश्यक प्रकृया अगाडि बढाउने निर्णय गरेको हो  ।

विगत १ वर्ष देखी कोभिड-१९ को महामारीका कारण सिंगो मानव समुदायनै आक्रान्त भईरहेको यस जटिल घडिमा यस नगरपालिकामा समेत कोभिड-१९ को अधिकतम रुपमा असर देखीएको र यसको रोकथाम, नियन्त्रण एवं उपचारका लागि यस नगरपालिका मातहतमा सुविधा सम्पन्न अस्पताल हुन नसक्दा यस नगरपालिकाले निकै ठुलो चुनौतिको सामना गर्नुपर्ने अबस्था सिर्जना भएको नगरप्रमुख न्यौपानेले बताए ।

“विगतमा नेपाल सरकारबाट अस्पतालको कोटा वितरण गर्दा यस पालिकाको प्रभाव क्षेत्र भित्र दमौली बजारमानै अस्पताल रहेका कारण यस नगरपालिका प्राथमिकतामा नपरेको साथै कोभिड-१९ नै विभिन्न भेरियन्टमा पटक पटक दोहोरिदै आएको साथै अन्य महामारीहरुको सम्भावनालाई समेत नकार्न सक्ने कुनै आधार हामीसंग नरहेको अबस्थामा यस नगरपालिका नगर अस्पतालको आवश्यकता रहेको” उनले भने ।

साथै उक्त बैठकमा पाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको स्थानीय तहहरुको विपद् सम्बन्धी आधिकारीक रिपोर्टिङ प्रणालीमा यस स्थानीय तहको कोभिड-१९ को संकट सम्बन्धी सम्पुर्ण विवरणहरु अध्याबधिक गरी यथासमयमानै सम्बन्धीत निकायहरुमा रिपोर्टिङ गर्ने कार्यका लागि सुचना प्रविधि अधिकृत श्री विशाल पण्डितलाई जिम्मेवारी तोक्ने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?