व्यासको मेयरमा जोशी समूहबाट दिपक र एमालेबाट उपमेयरमा बसुन्धरा

दमौली : तनहुँको व्यास नगरपालिकाको प्रमुखमा दिपकराज जोशीले मनोनयन दर्ता गराएका छन् । यस्तै नगर उपप्रमुखमा एमालेबाट बसुन्धरा घर्तीले मनोनयन दर्ता गराएकी छिन ।

तनहुँमा एमालेले कांग्रेसका पुर्वनेता गोविन्दराज जोशी समुह संग तालमेल गरेको छ । जसअनुसार मेयरमा जोशी समुह र उपमेयरमा एमालेले भागबण्डा गरेको हो ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जोशीले उम्मेदवारी दर्ता गरेका हुन् ।

जोशीले एमालेको समर्थनबाट स्वतन्त्र चुनाव चिन्हमा चुनाव लड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?