तनहुँमा कोरोना संक्रमणको नया रेकर्ड बन्दै : १७० संक्रमित थपिए

तनहुँमा कोरोना संक्रमण  दिनप्रतिदिन बढ्दै गएको छ  । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा पछिल्लो २४ घण्टामा तनहुँमा बिहिबार  थप १७०  जना कोरोना संक्रमित थपिएका छन् ।

यो तनहुँमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । हिजो बुधबार  मात्र नयाँ संक्रमितको संख्यामा १६६  संक्रमित फेला परेका थिए । एकै दिनमा यति धेरै संक्रमित थपिएको  यो नया रेकर्ड हो ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९   सय  ९०  जना पुगेको छ। जस्मा १  हजार ९  सय ९७  निको भैसकेका छन्  भने सक्रिय संक्रमितको सङ्ख्या ९   सय ७४    रहेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी-८ की ५३ वर्षीया महिलाको जनप्रिय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?