व्यासको मेयरका लागि १३ जनाको उम्मेदवारी

दमौली : तनहुँको व्यास नगरपालिकाको मेयरमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , नेकपा एमालेको समर्थनमा गोविन्दराज जोशी समूह लगायत साना दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् ।

व्यासको मेयरमा नेकपा माओवादी केन्द्रबाट अतिन्द्रकेशरी न्यौपाने, नेकपा मालेबाट अन्जना थापा, एमालेको समर्थनमा  दिपकराज जोशी, राप्रपाबाट  दौलत अधिकारी, स्वतन्त्रबाट  पार्वती कार्की, नेपाली कांग्रेसबाट  वैकुण्ठ न्यौपाने, जनमुक्ति पार्टीबाट मिना थापा,स्वतन्त्रबाट धनबहादुर परियारले उम्मेदवारी हालेका छन् ।

त्यस्तै  मंगोल नेशनल अर्गनाइजेशनबाट अनिता थापा मगरले उम्मेदवारी दर्ता गरेकी छन् । यसैगरी नेपाली कांग्रेस निकट मानिने वृषलाल श्रेष्ठले स्वतन्त्र रुपमा व्यासको मेयरमाको उम्मेदवारी दर्ता गरेको छ ।

यसैगरी मौलिक जरोकिलो पार्टीबाट  रमेश पौडेल, विवेकशील साझा पार्टीबाट रमेशप्रसाद आचार्य, नेकपा एकीकृत समाजवादीबाट शंकरनारायण श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?