दमौली : तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगले अवलोकन भम्रण शुरु भएको छ । क्याम्पसको गुणस्तर सुनिश्चतता प्रत्यायन (QAA) प्रक्रियाका लागि आयोगको अवलोकन टोलीद्धारा ३ दिनसम्म अवलोकन भ्रमण गरिने जनाइएको छ ।
टोलीका प्रमुख प्रा.डा. जयराज अवस्थी र आयोगकी कर्मचारी नविना चौलागाईले क्याम्पसको शैक्षिक, भौतिक र गुणस्तरमा वारेमा क्याम्पसका सरोकारवालाहरुसँग अन्तरक्रिया र बैठकको आयोजना गरेको छ । यसैविच, अवलोकन भ्रमणको पहिलो दिन टोलीले क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी र सरोकारवालाहरुसँग छुट्टाछुट्टै बैठक गरि क्याम्पसका शैक्षिक, भौतिक, अर्थिक गतिविधिका बारेमा जानकारी लिएको छ ।
सरोकारलाहरुको बैठकमा क्याम्पसको स्व. अध्ययन प्रतिवेदन समितिका तर्फबाट संयोजक आत्माराम बास्तोला, र सदस्यहरु सागर पौडेल, बसन्त कंडेल र सुलभ कुमार श्रेष्ठले क्याम्पसको समग्र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्रमदत्त तिमिल्सेनाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीले गरेका थिए ।
कार्यक्रममा टोलीका संयोजक प्रा.डा. अवस्थीले क्याम्पसले गुणस्तर सुनिश्चितताका लागि गर्नुपर्ने शैक्षिक र भौतिक सुधारका बारेमा सुझाव दिएका थिए ।
टोलीले वैशाख १६ गतेसम्म क्याम्पसको सम्पूर्ण पक्षका बारेमा अवलोकन गर्ने जनाइएको छ ।
तस्बिर : व्यासश्री समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?