तनहुँमा ९५ उम्मेदवारले गरे मनोनयन फिर्ता

दमौली  : तनहुँमा सबै पालिका गरि  ९५ उम्मेदवारले आज आफ्नो मनोनयन फिर्ता गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन आफ्नो मनोनयन फिर्ता गरेका हुन् ।

व्यास नगरपालिकाको मेयरतर्फ नेकपा एसको तर्फबाट शङ्करनारायण श्रेष्ठ र स्वतन्त्र उम्मेदवार वृषराज श्रेष्ठले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी वडाध्यक्षतर्फ व्यास नगरपालिका–१ मा राप्रपाबाट बलसुर थापा मगर, २ मा नेकपा एसबाट प्रेमकुमार श्रेष्ठ, ३ को वडाध्यक्षमा स्वतन्त्रबाट रवीन पौडेल, ३ मा विकेकशील साझा पार्टीका नन्लबहादुर थापा, ५ मा नेकपा एसबाट रामलाल श्रेष्ठ, १० मा स्वतन्त्रबाट रवी मिश्र, ११ मा नेकपा माओवादी केन्द्रबाट आइतबहादुर दमै र ११ मा स्वतन्त्रबाट सुशील पौडेलले मनोनयन फिर्ता गरेका हुन् ।

महिला वडा सदस्य पदमा व्यास–२ मा नेकपा एसबाट सपना श्रेष्ठले मनोनयन फिर्ता गरेका छन्। खुल्ला सदस्यमा व्यास–२ मा स्वतन्त्रबाट ओमराज श्रेष्ठ, ३ मा नेकपा एसबाट विष्णु पराजुली, नेकपा एसबाटै जेर्मी कुमार मुल्मी र जसपाबाट बुद्धसिं थापाले मनोनयन फिर्ता गरेका छन् ।

व्यास–१३ मा नेकपा माओवादी केन्द्रबाट रामबहादुर क्षेत्री र नेकपा एसबाट गजिन्द्रराज पन्थले मनोनयन फिर्ता गर्नुभएको छ । त्यसैगरी व्यास–८ मा नेकपा माओवादी केन्द्रबाट रामजी पौडेलले मनोनयन फिर्ता गरे ।

व्यास नगरपालिकामा १८ उम्मेदवारले मनोनयन फिर्ता गरेको लिखित नामावली आइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए। अन्य बाँकी नौ पालिकाबाट ७७ उम्मेदवारले मनोनयन फिर्ता गरेको मौखिक जानकारी आए पनि लिखित आइनसकेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?