दमौली : नेपाल पत्रकार महसंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले देशमा आसन्न स्थानीय तहको निर्वाचनमा आचारसहिता पालना गर्नुपर्ने बताउदै उनले आचारसहिता उलंघन नगर्न सबै पत्रकार लाई अनुरोध गरेका छन् । विभिन्न राजनैनिक दलको झण्डा बोक्दै विभिन्न दलका नारा जुलुसमा हिडेकाहरु उपर छिट्टै कार्वाही गरिने अध्यक्ष पोख्रेलले बताए।
नेपाल पत्रकार महासघ तनहुँ शाखा द्वारा आयोजित पत्रकार भेटघाट तथा स्थानीय तह निर्वाचन आचार सहिता पालना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले पत्रकारलेे हरेक तहमा कलम चलाउदा निषपक्ष भै स्वतन्त्रपुर्वक र निर्भीकभएर सामाजिक न्यायका लागि क्रियाशील रहनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै चुनावमा सहि जनमत ,सहि नेतृत्व ,सहि पत्रकारिता र लोकतान्त्रलाई जिवन्त गराउन पत्रकारको महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
राज्य र निर्वाचन आयोगले पत्रकारमाथि सकारात्मक अपेक्षा राख्ने हुदा पत्रकारमा अनुशासनको अति आवश्यक्ता भएको बताए ।
झुटा प्रचारप्रसार गर्ने ,गराउने ,विज्ञापन , सुचना,आश्वासनका पछि लागेर कपोलकल्पित र भ्रामक समाचार प्रकाशन र प्रश्रारण गराउनु महाअपराध भएको बताए ।
यसैगरी प्रेस युनियनका केन्द्रीय बरिस्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारले कसैको आगह्र ,पुर्वाग्रहमा नभै स्वतन्त्र पुर्वक संचार क्षेत्र चल्नुपर्नै बताए । नेपाली पत्रकारिताजगतले तठस्त रुपमा निश्पक्ष भएर निरन्तर समाचार सबै पत्रकारलाई निर्देशन दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?