तीन दिनदेखि लगातारको वर्षाका कारण व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६३ वर्षीया सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ।
उनलाई उपचारका लागि लैजाने तयारी गर्दा मृत्यु भएको वडा अध्यक्ष खरसिङ दरैले जानकारी दिए।
घर पूर्ण भत्किए पनि अरु मानवीय क्षति भने नभएको र अन्य सदस्य अर्कै कोठामा सुतेका कारण सकुसल रहेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?