
नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा आज राति सवा १० बजे खेल सुरु हुनेछ ।
मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय टोली इराक पुगिसकेको छ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले माथिल्लो वरीयताको इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। इराक पनि फिफा विश्वकप र एसिया कप छनोटका बाँकी खेल खेल्ने तयारीमा छ। फिफाको पछिल्लो वरीयतामा इराक ६८औं स्थानमा छ भने नेपाल एक सय ७१औं स्थानमा छ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थलमार्गबाट कुवेत जानेछ। विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका नेपालले तीन खेल्न बाँकी छ। नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग एक/एक खेल खेल्न बाँकी छ। कुवेतमा हुने छनोटका बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?