दूध बेचेर भएपनि चुनाव प्रचारप्रसार गर्छु ; व्यासका मेयर उम्मेदवार आचार्य

दमौली : आसन्न स्थानीय तहको निर्वाचनमा तनहुँको व्यास नगरपालिका विवेकशील साझा पार्टीको  तर्फबाट मेयरमा उम्मेदवारी दिएका रमेश आचार्यले अरु उम्मेदवारहरुले लाखौं खर्च गरे पनि आफु भने दूध बेचेर चुनाव प्रचारप्रसार बताएका  छन्। सोमवार दमौलीमा पत्रकार सम्मलेन गरेर आफ्नो प्रतिबद्दता  सार्वजनिक गर्दै मेयरका उम्मेदवार आचार्यले फाचुल खर्च गरेर समाज विकास नहुने बताएका हुन् ।

उनको योजना शिक्षा, खेलकुद ,स्वास्थ्य, संस्कृति, कृषिदेखि सुरक्षासम्म रहेको छ। सुरुमै उनले कृषि क्षेत्रका योजनालाई अघि सारेका छन्।

 उनले व्यास को सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेका छन्। यस्तै कृषि , भेटेरिनरी , मेडिकल ,नर्सिङ, इन्जिनियरीङ शिक्षासँगै विश्वस्तरमा जोड्न सकिने खालका उच्चस्तरीय प्रविधिसहितका  पाठ्यक्रम परिमार्जन गर्नुका साथै आदिकवि भानुभक्त क्याम्पस र  महर्षि  सस्कृत विद्यापीठलाई सरकारी बनाउने उल्लेख गरेका छन्।

सामुदायिक विद्यार्थीमा सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्त्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गर्ने पनि उल्लेख छ।

यस्तै प्रत्येक वडामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने , सडक बालबालिकाको  लागि बलाकेंद्र बनाउने , फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि दमौलीमा डायग्नोष्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिकको सुरुआत गरिने पनि आचार्यको प्रतिबद्धतामा समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?