दमौलीमा गरिएको नमूना मतदानमै मत बदर (तस्वीर सहित)

दमौली : आसन्न स्थानीय तहको  निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ तनहुँ र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको हो ।

 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार आयोजना गरिएको नमूना मतदानमा नगरप्रमुख, उपप्रमुख, खुल्ला र दलित सदस्यमा मत बदर भएको छ ।नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुल्ला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिकामा रहेका पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

नमूना मतदानमा ६१ जनाले मतदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले नमूना मतदानले मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए  ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने  बताए   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?