कृषि र शिक्षामा लगानी गर्छौ : स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार श्रीराम

ऋषिङ:  तनहुँको ऋषिङ गाउँपालिकाका स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार श्रीराम आलेले आफ्नो पालिकामा  शिक्षा र कृषिमा लगानी गरिने बताएका छन् । विभिन्न वडामा घरदैलोका क्रममा आलेले मतदातासँग उक्त प्रतिबद्धता जनाएका हुन् ।

उनले  ऋषिङको सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिएको छ। यस्तै कृषि , प्राबिधिक  शिक्षासँगै विश्वस्तरमा जोड्न सकिने खालका उच्चस्तरीय प्रविधिसहितका  पाठ्यक्रम परिमार्जन गरि गाउँपालिकामा अध्ययन , अध्यापन गर्ने बातावरण सिर्जना गर्ने बताएका छन् ।

गाउँपालिकाका भित्र रहेको धार्मिक एतिहासिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने ,निर्माणाधीन जलविधुतमा स्थानीय युवाहरुलाई रोजगार दिनेछ ।यस्तै प्रत्येक वडामा सुबिधा सम्पन्न खेलकुद मैदान बनाउने ,लोप हुन लागेको मगर सास्कृतिकलाई सरक्षण एवं प्रवर्धन गर्ने कक्षा १२ सम्म शिक्षालाई निशुल्क बनाउने पनि आलेले  प्रतिबद्धतामा व्यक्त गरेको  छ।

स्वतन्त्र बाट उपमेयर उम्मेदवार आले घरदैलोका क्रममा विभिन्न वडामा पुगेर मतदातासँग मत माग्न व्यस्त छन् ।उनको योजना शिक्षा, खेलकुद ,स्वास्थ्य, संस्कृति, कृषिदेखि सुरक्षासम्म रहेको छ।
उनले सुरुमै उनले कृषि क्षेत्रका योजनालाई अघि सारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?