ऋषिङमा चुनावी माहोल तात्दै, दुुवुङमा कांग्रेसको चुनावी सभा

ऋषिङ: स्थानीय चुनावको मिति नजिकिदै गएपछि तनहुँको ऋषिङमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । विभिन्न राजनीतिक दलहरु आफ्ना घोषणापत्र सहित चुनाव प्रचारप्रसारमा गर्न घरदैलो अभियान तथा कोण सभामा जुटेका छन् ।

ऋषिङको दुबुङमा बुधबार नेपाली कांग्रेसको चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्राईले जनताको हितमा काम गर्ने एक मात्र पार्टी कांग्रेस भएको हुँदा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा जनताले कांग्रेसलाई भोट हाल्नुपर्नेमा जोड दिएका थिए ।विगतमा कम्युनिष्टलाई भोट जनताले धोका बाहेक अन्य केही नपाएको हुँदा अहिले भोट हाल्दा विचार पुरयाउनु पर्ने समेत  केन्द्रीय सदस्य भट्राईको भनाई थियो ।

सभामा बोल्दै नेपाली कांग्रेस तनहुँका जिल्ला तनहुँका उपसभापति देवकुमार श्रेष्ठले पार्टीलाई जिताउने विषयमा पार्टीका नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

सभामा बोल्दै अध्यक्ष उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङको विकासका लागि आफू हिजो पनि प्रतिबद्ध रहेको र भोली पनि प्रतिबद्ध रहने बताएका थिए ।

साथै श्रेष्ठले पार्टीका नेता तथा कार्यकर्ताले व्यक्तिको भन्दा पनि पार्टी नीति र सिद्धान्त अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?