दमौली : स्थानीय चुनावको मिति नजिकिदै गएपछि तनहुँमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । विभिन्न राजनीतिक दलहरु आफ्ना घोषणापत्र सहित चुनाव प्रचारप्रसारमा गर्न घरदैलो अभियान तथा कोण सभामा जुटेका छन् । तनहुँको स्थानीय तह अन्तर्गत ४ नगरपालिका र ३ गाउँपालिका गरि कुल ६ स्थानीय १० तहको निर्वाचन हुदैछ ।
जिल्लाकोे व्यास नगरपालिका , भिमाद नगरपालिका,भानु नगरपालिका,शुक्लागण्डकी नगरपालिका त्यसैगरी गाउँपालिकामा ऋषिङ्ग गाउँपालिका, घिरिङ गाउँपालिका,देवघाट गाउँपालिका,म्याग्दे गाउँपालिका,वन्दिपुर गाउँपालिकामा उम्मेद्वारहरु आआफनो चुनाव चिन्हको टिसर्ट लगाई, पार्टीगत झण्डा बोक्दै विभिन्न तामझामका साथ गाउँ, शहरको चोकचोकमा भोट माग्न व्यस्त देखिएका छन् ।
एक पदका लागि दर्जन उम्मेदवार परेका छन् भने चुनावी प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।
तनहुँमा एक हजार ७५० उम्मेदवारले उम्मेदवारी दर्ता गरेकामा फिर्तापछि अब एक हजार ६४० उम्मेदवार कायम भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?