दमाैली : व्यास नगरपालिका–१ माइलीडाँडामा रेलिङले च्यापिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीय बसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। ।
बुधवार ग १ ख ५८७५ नम्बरको टिप्परले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर दिई सोही रेलिङले च्यापिएर घाइते महिलाको बिहीबार उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक खड्काले बताए ।
घाइते महिलालाई तत्कालै रत्नहरि अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?