दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्ड मर्मतको आश्वासनमै सिमित भएको छ। राजमार्ग भत्किएर बुङबुङ्ती उडने धुलोले आजित स्थानीयलाई यहि वैशाख १३ गते प्रशासनले ध्यान आकर्षण गराएर मर्मत गर्ने आश्वासन दिएका थिए ।
सडक मर्मतका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) लाई निर्देशन दिएको थिए ।
धुलो संघर्ष समितिका संयोजक ठाकुरप्रसाद खनाल लगायत आजित स्थानीय र प्रशासन कार्यालयबिच भएको छलफलपछि तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालय सडक मर्मतका लागि निर्देशन सहितको पत्राचार गरेका थिए ।
कालोपत्रे भत्किए धुलो उड्ने सडकमा नियमित पानी हालेर धुलो कम गर्ने, खाल्डा खुल्डी रहेको सडक मर्मत गर्ने, गाछेपानी–कोत्रे खण्डमा ग्रेडर रोलिङ गर्ने र नियमित पानी हाल्ने व्यवस्था मिलाउने, सडक सुधारको कार्यको थालनि कोत्रे–गाछेपानी खण्डबाट सुरुवात गर्न सडक योजना (पश्चिम खण्ड) लाई अर्यालले निर्देशन दिएका थिए ।
तस्बिर संकलनकर्ता : मिलन तामाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?