नदीमा पौडी खेल्ने क्रममा घिरिङका एक बालक बेपत्ता

दमौली :  तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोही वडाका एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा सोहि गाउँपालिका–५ धेनुङ बस्ने युवराज बि.क का छोरा १२ बर्षीय ईश्वर बि.क  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालकको हालसम्म फेला नपरेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बेपत्ता बालकको खोजी कार्य भैरहेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?