दमौली : नेपाली काँग्रेस तनहुँले घिरिङ्गको घटनामा संलग्न व्यक्तिहरूमाथि कारवाहीकाे लागि माग गरेको छ । एक विज्ञप्ति जारी सर्वदलीय बैठकमा सहभागी हुन घिरिङ गएका आफ्ना कार्यकर्तामाथि कुटपिट भएको भन्दै कांग्रेसले कारबाहीको माग गरेका हुन् ।
एमालेका कार्यकर्ता भुवन विकलगायतको कुटपिटबाट पार्टी घिरिङ सभापति यामबहादुर थापामाथि कुटपिट भएको कांग्रेस सभापति जीतप्रकाश आलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घटनाले शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन्छ भन्नेमा आशंका पैदा भएको उल्लेख गर्दै विज्ञप्तिमा दोषी विकसहितका व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रशासनसँग माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?