एमाले संगको तालमेल व्यास नगरको विकासको लागि हो; पूर्वमन्त्री जोशी

दमौली : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीले एमाले संगको व्यास नगरपालिकाको विकास र सम्बृद्धी लागि गरिएको बताएका छन् । दमौलीको खुल्ला मैदानमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता जोशीले हाम्रो तालमेल केहि नभएर व्यास  नगरपालिका र अरु पालिकामा परिवर्तन गर्नका लागि गरेको बताए ।

व्यास नगरपालिकामा स्तरीय अस्पताल र स्तरीय कलेज बनाउन नसकेको बताउदै यो नगर दुर्गम गाउँको नगरपालिका जस्तै भएको जिकिर गरे।  “यहाको  जनता  जाहन अनुरुप नै तालमेल गरेका छौँ ; उनले भने  तालमेल यस नगरको विकास काम आगाडी बढाउने काम हामीले गर्नेछु  ।

चुनावी सभालाई सम्बोधन गर्दै जोशीले नेपाली काँग्रेसले आफ्नो सिद्धान्त बेचेर खाईसकेको र सत्ताको लागि जो सँग पनि मिल्ने र जता पनि जाने भएको हुँदा अव काँग्रेसका कार्यकर्ताहरुले गम्भिर भएर सोच्नु पर्ने बताए ।

व्यास नगरपालिमा एमाले र जोशी समुहको चुनावी तालमेल रहेको छ । मेयरमा जोशी समुहबाट दीपकराज जोशी  र उपमेयरमा एमालेबाट बसुन्धरा धर्ती उम्मेदबार रहेको छ । वडा अध्यक्षहरुमा पनि जोशी समुह र  एमाले उम्मेदबारहरुमा तालमेल  रहेका छन् ।

गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले एमाले र जोशी समुहका उम्मेदबारहरुलाई बिजयी गराई व्यास नगरपालिकाको विकास र समृद्धीको नेतृत्व गर्नु पर्ने बताए ।

नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले व्यास नगरको विकासको लागि यो नेतृत्व अपरिहार्य भएको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?