काठमाडौं : साताको चौंथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । नेप्से परिसूचक उकालो लाग्दा सेयर कारोबार रकममा समेत सुधार भएको छ । केही दिन यता लगातार डेढ अर्ब भन्दा तल कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?