वरिष्ठ नेताको गाउँमा आफूलाई मार्ने प्रयास गरियो : मेयर उम्मेदवार जोशी

दमौली :  व्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूलाई मार्ने प्रयास भएको बताएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि आक्रमण भएको बताउदै  ‘२ मिनेट मात्र ढिला (कोठा) भित्र आएको भए म मर्न पनि सक्थें’ उनले भने, ‘अहिले पनि बाहिर गुण्डाहरु छन्, म भित्र छु ।’

स्थानीय तह निर्वाचनका लागि शुक्रबार भइरहेको मतदान कार्यको निरीक्षणका लागि व्यास–८ रिस्ती पुगेका जोशीमाथि काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए ।

भिडियो :-

https://fb.watch/cZWFS7yiD-/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?