तनहुँका चार पालिकामा मत गणना शुरु

दमौली : तनहुँको  दश वटा पालिका मध्ये चार वटा पालिकामा मत गणना कार्य शुरु भएको छ । जिल्लाको म्याग्दे,भिमाद,बन्दिपुर र घिरिङ्ग गाउँपालिका मतगणना कार्य भैरहेको हो ।

त्यसैगरी व्यासनगरपालिका,देवघाट,आँबुखैरेनी,भानु,शुक्ला र ऋषिङ्ग गाउँपालिकामा मतगणना कार्यको लागि प्रक्रियामा रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए ।

व्यासनगरपालिका–८ रिस्तीमा बाहेक जिल्लाको अन्य २९७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण,धाँधली र भय रहित वातावरणमा निर्वाचन सम्पन्न भएको उनले जानकारी दिए ।

स्वतन्त्रबाट व्यास नगरपालिकाको नगरप्रमुख पदका उम्मेद्वार दीपकराज जोशी निर्वाचनको समयमा व्यासनगरपालिका–८ रिस्तीमा जाँदा उनका प्रत्यासीका समुहले जोशीमाथि आक्रमण गरेका थिए । मतदान केन्द्र नियन्त्रणमा लिएको,एजेन्ट बस्न नदिएको बिषयमा मतदान अधिकृत संग पटक पटक कुरा राख्दा पनि वेवास्ता गरिएपछि प्रतिबाद गर्दा जोशीको टाउँमा ढुङ्गा प्रहार गरिएको  हो ।

उक्त घट्ना प्रति नेकपा एमालेले प्रेस बिज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । नेकपा एमाले र जोशी समुह बीच चुनावी गठबन्धन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?