म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज विजयी

दमौली :  म्याग्दे गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका टुकराज अधिकारी विजयी भएका छन् । शनिबार साँझ सार्वजनिक मतपरिणाम सार्वजनिक गर्दै अधिकारीले  ६ सय ६१ मत प्राप्त गरी  विजयी भएको  हो ।

त्यस्तै खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, नेकपा एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा नेपाली काङ्ग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा नेकपा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गरेका छन् । त्यस्तैगरी नेकपा माओवादी केन्द्रका लेखराज लामिछानेले ३८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?