देवघाट–१ मा एमाले प्यानलका गुरुङ विजयी

दमौली :  देवघाट गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । आइतबार  बिहान सार्वजनिक मतपरिणाम अनुसार वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ निर्वाचित  भएका  हुन् ।

गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी भएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?