ऋषिङ : ऋषिङ गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । आइतवार बिहान सार्वजनिक मतपरिणाम अनुसार वडाध्यक्ष सहित सदस्यहरु काङ्ग्रेसले विजयी भएको हो ।
काङ्ग्रेसबाट वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा चार सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा नेपाली काङ्ग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडा सदस्यमा जमुना माया दमैले चार सय ४९, सदस्यमा देविनबहादुर शाहीले चार सय ४८ र पहलसिं सारुले चार सय ५५ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?