आँबुखैरेनी–२ मा माओवादीको प्यानल विजयी

दमौली :  आँबुखैरेनी गाउँपालिका–२ मा नेकपा माओवादी केन्द्रले प्यानल सहित विजयी हासिल गरेको  छ ।  अध्यक्षमा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन्।

उनले छ सय ६७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सरोज पन्तले चार सय ३५ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले सात सय तीन, दलित महिला सदस्यमा सम्झना सुनारले सात सय ११, खुल्ला सदस्यमा कमलबहादुर मगरले छ सय ५८ र बासुदेव थापाले छ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?