बन्दीपुर–१ को वडाध्यक्षमा एमालेका श्रेष्ठ विजयी

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले  ९  सय ९ मत प्राप्त गरी अध्यक्षमा विजयी भए भने  प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भानुभक्त पोख्रेलले छ सय ८१ मत प्राप्त गरेका छन्  । नेपाली काङ्ग्रेसका इमनाथ खनालले छ सय ७६ मत प्राप्त गरे ।

महिला वडा सदस्यमा नेकपा एमालेका रोशन बराकोटी ७  सय ९४, खुल्ला सदस्यमा एमालेकै डिलबहादुर रानाले ७  सय २३   ,दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रका कोशिला परियार विकले ७ सय ५४ र खुल्ला सदस्यमा माओवादीकै प्रेमबहादुर शाहीले ७ सय ४६ मत प्राप्त गरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?