दमौली : तनहुँको भानु नगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका केशवराज त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ६ सय २२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भए भने प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका नवीनराज दाहालले ६ सय १९ मत प्राप्त गरे ।
दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसका चनमाया बसेल ६ सय ३८, खुल्ला सदस्यमा काङ्ग्रेसकै तुलबहादुर गुरुङ ६सय २४ र विवेक श्रेष्ठ ६ सय २९ मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्यमा एमालेकै मीनाकुमारी श्रेष्ठ ६ सय ३३ मत प्राप्त गरी विजयी भएकी छन् । महिला सदस्यमा बराबर भएपछि लक्की ड्रबाट उनी विजयी भएकी छिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?