शुक्लागण्डकी-२ को वडाध्यक्षमा काँग्रेसका सुमन विजयी

दमौली : तनहुँको  शुक्लागण्डकी नगरपालिका वडा नं-२ मा पनि नेपाली काँग्रेसका वडाध्यक्षमा सुमनबहादुर राना विजयी भएको छ । आइतबार राती सम्पन्न मत गणनामा  रानाले  ५९ मत अन्तरले विजयी भएका हुन् ।

रानाले ९२५ मत पाउँदा प्रत्याशी एमालेका तिर्थराज खनालले ८६६ मत ल्याएका थिए ।  त्यस्तै माओवादी केन्द्रका शंकर पन्तले ४२१ मत पाए ।

अन्य वडा सदस्यमा भने एमालेबाट विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?