दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ध्रुवप्रसाद लामिछाने छ सय ९१ मत प्राप्त गरी विजयी भएको हो ।
प्रतिस्पर्धी नेकपा एमालेका मिमबहादुर गुरुङले चार सय ९२ मत प्राप्त गरे ।
त्यस्तै गरि महिला वडा सदस्यमा माओवादीकै रञ्जिता श्रेष्ठ रानाले पाँच सय ५३, दलित महिला सदस्यमा विन्दु नेपालीले पाँच सय ५५, खुल्ला सदस्यमा छविलाल गुरुङले पाँच सय २२ र लक्ष्मी गुरुङले पाँच सय दुई मत प्राप्त गरी विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?