दमौली : तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ । एमालेका श्रीप्रसाद श्रेष्ठले ४ हजार ९ सय ५० मत प्राप्त गरेको छ भने उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मायादेवी रानाले ४ हजार २ सय ३२ मत प्राप्त गरेका छिन् ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे ५ हजार ३९ मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले ४ हजार २ सय मत प्राप्त गरे । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दाेहाेरिएका हुन् ।
गाउँपालिकामा कूल १८ हजार एक सय पाँच मतदाता रहेकामा ११ हजार नौ सय ४३ मत खसेको थियो ।गाउँपालिकाको अध्यक्षमा विजयी श्रेष्ठ नेकपा एमाले तनहुँका अध्यक्ष समेत हुन्।
अध्यक्षमा पराजित राना निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?