ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिका–६ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा भक्तबहादुर आले ५ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका छवीलाल आलेले ४ सय ७४ मत प्राप्त गरे।
महिला वडा सदस्यमा चिनादेवी रानाभाट पाँच सय ६३, दलित महिला सदस्यमा गोपिनीमाया विक पाँच सय ७६, खुल्ला सदस्यमा माधवप्रसाद थापा पाँच सय ४६ र शेरबहादुर आले पाँच सय छ मत प्राप्त गरी विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?