भिमादको प्रमुखमा सुवेदी र उपप्रमुखमा खनाल विजयी

दमौली : तनहुँको भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ ।

नगरप्रमुखमा एमालेका दधिराज सुवेदी ८  हजार १ सय २८ मत प्राप्त गरी विजयी भए भने उनका  प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले ५ हजार ८  सय ५७ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकै शारदा खनाल ७  हजार ६ सय ६७ मत प्राप्त गरी विजयी भएकी छिन्  भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका मिलन आलेले ७ हजार २ सय ५ मत प्राप्त गरे  ।

नगरपालिकाको निर्वाचनमा १६ हजार एक सय ४९ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?