Close This

रिस्तिको पुनःमतदानमा ९९५ भाेट खस्याे

दमाैली : व्यास नगरपालिका–८ रिस्ती गाविस भवन फेदी (क) र (ख) मा बुधबार भएको मतदानका क्रममा ९ सय ९५ मत खसेको छ । मतदान आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो ।

गत वैशाख ३० गते भएको निर्वाचनका क्रममा ९ सय २२ मत खसेको थियो । मतदान केन्द्र (क)मा  ७ सय ५६ र मतदान केन्द्र (ख) मा ८  सय २० मतदाता रहेका थिए ।

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको पुनः मतदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?