![](https://www.damaulionline.com/wp-content/uploads/2022/05/Untitled-1-9.jpg)
काठमाडौँ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७ सय ५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेको छ । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६ सय ८० मत प्राप्त गरेको छ ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा रहेको छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएको छ ।
अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।
कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?