बसको ठक्करबाट महिलाको मृत्यु

दमाैली : तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसको ठक्करबाट मङ्गलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। ।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको हो  ।

थापाको उपचारका क्रममा दमौली अपतालमा मध्याह्न ज्यान गएको थियो । आमासँगै दमौली आइरहेका उनका २० वर्षका छोरा सुसिरको चिन्ताजनक अवस्थामा पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?