पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउनेछौँ : नगरप्रमुख न्यौपाने

दमाैली:  व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताएका छन् ।  बुधबार शपथग्रहण गरेपछि न्यौपानेले  सो कुरा बताएका हुन् ।

नगरप्रमुख न्यौपानेले दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित न्यौपानेले एकीकृत विकास योजना, आवधिक योजना लगायत अघिल्लो कार्यकालमा सुरु गरिएका महत्वपूर्ण योजना पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै समाजबाट पछाडि परेका विपन्न वर्ग, क्षेत्रका समुदायलाई प्राथमिकतामा राखेर विकास अभियान अगाडी बढाइने बताए ।

कार्यक्रममा नगरप्रमुख न्यौपाने, उपप्रमुख इन्दिरा दरै, १४ वडाका अध्यक्ष, सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?