तथ्यहीन लान्छना लगाइयो : केन्द्रीय सदस्य वाग्ले

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले  प्रमाण बिना आफूमाथि लाञ्छना लगाइएको बताएका छन् । व्यास नगरपालिकामा कांग्रेस उम्मेदवारलाई असहयोग गरेको भन्दै वाग्लेमाथि कारवाहीको माग गरेपछि उनले आवेगमा आफूमाथि लाञ्छना लगाइएको बताए ।

बुधबार प्रेस विज्ञप्ती सार्वजनिक गरी वाग्लेले केही सीमित व्यक्तिहरुको मिलिमतोमा आफ्नो नाम समेत समावेश गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

वाग्लेले जारी गरेको प्रेस विज्ञप्ती

प्रेस – विज्ञप्ति
…………………………………………………………………………………………………………………
गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको विषयलाइ लिएर व्यास न. पा. वार्ड न ५ वार्ड समिती समिक्षा बैठकमा केही नेपाली कांग्रेसका साथिहरुबाट निर्वाचनमा असहयोग भएको र त्यस्ता असहयोगी साथीहरुको हकमा आवश्यक अनुसन्धान गर्न सिफारिस गर्ने निर्णय भै सम्पुर्ण कार्य समितिका सदस्यहरु घर फर्किसकेपछि एकाएक कुनै अज्ञात ब्यक्ति र शक्तिको इसारामा के. स ध्रुव वाग्लेको नाम समेत पठाउनु भनी आदेश दिए बमोजिम, केही सिमित ब्यक्तिहरुको मिलिमतोमा मेरो नाम समेत समावेश गरिएको विषयप्रती मेरो गम्भीर ध्यान आकर्षण भएको छ। यहाँ सम्मकि बिजेता ४ जना वार्ड सदस्यहरु, पराजित वार्ड अध्यक्ष र पार्टीको टोल संगठनका पदाधिकारी समेतलाई गुमराहमा राखी नाम समावेश गरेको विषय वहाँहरु स्वयंले विभिन्न माध्यम बाट प्रकट गर्नु भएको छ। येसै बाट प्रमाणित हुन्छ कि यो निर्णय प्रतिशोध र बिद्वेसको आवेगमा गरिएको हो र यस्ता तथ्यहिन र प्रमाणरहित लान्छना खास गरेर पार्टीको आन्तरिक राजनीतिमा आफ्नो विपक्षमा रहेका साथीहरुको विरुद्ध प्रयोग भै रहेको कुरा सबैलाइ विदितै छ।
जहाँसम्म वार्ड न ५ को निर्वाचनमा पराजय र कम मत आएको विषय उठाइएको छ, त्यस्का पछाडी भीषण रुपमा उठेको जातीय मुद्दा, छेत्रगत प्रतिनिधित्व नभएको आक्रोश, गठबन्धनको सहयात्री दल माओवादि पार्टीको कांग्रेस बिरोधि उमेदवारका प्रती समर्थन हुनु र उम्मेदवारहरुको असन्तुलित चयन जस्ता विषय प्रमुख रुपमा रहेका छन् ।
व्यास न पा वार्ड न २/३/४ लगायत थुप्रै वार्डहरुमा आएको कम मतका पछाडी पनि यी र येस्तै अन्य कारक तत्वहरु प्रमुख छन् भन्ने विषयलाई गम्भीरतापुर्वक अध्ययन गर्नुको सट्टा एउटा निष्ठावान र पार्टीप्रती समर्पित ब्यक्तिको चरित्र हत्या गरि आगामी संसदीय निर्वाचन समेतलाई प्रभावित गर्ने गरि अँध्यारो कोठामा खेलिएको यो कपटपूर्ण खेलको म निन्दा गर्न चाहन्छु र पार्टीप्रती समर्पित सम्पुर्ण साथिहरुलाई यो दुस्प्रचारबाट सतर्क रहदै यस्तो निम्न कोटिको चालबाजि विरुद्ध प्रतिकार गर्न समेत अपिल गर्द्छु।
व्यास न पा वार्ड न ५ का बिसौ टोल संगठनका मतदाता तथा सुभेछुकहरु मात्र होइन विपक्षी दलहरु समेतसंग तथ्यगत र निष्पक्ष सर्वेक्षण गरि कस्को के भुमिका रहयो भनी अनुसन्धान गर्न समेत म चुनौती दिन चहान्छु।
ब्यक्तिगत कुंठा र प्रतिशोधको थलो पार्टीलाइ नबनाइ आगामी निर्वाचनमा समेत पार्टीलाई तोड्ने होईन जोड्ने अभियानका साथ योग्दान दिन सम्पुर्ण साथिहरुमा अपिल गर्दछु । जयनेपाल

ध्रुव वाग्ले
केन्द्रीय सद्स्य
नेपाली कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?