
दमाैली : तनहुँको व्यास नगरपालिका अन्तर्गत सरसफाईलाई दीर्घकालिन व्यवस्थापन गर्न आवश्यक जग्गा खरिद एवं ऐलानी, प्रति जग्गाको सदुपयोग गर्न व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको सदस्यमा व्यास ४ का वडाध्यक्ष मनबहादुर गुरुङ, ३ का वडाध्यक्ष अनुप राना, यज्ञ शर्मा, दुई जना प्राविधिक रहेका छन् भने सदस्य सचिवमा सरसफाई शाखा प्रमुख कृष्णराज घिमिरे रहेका छन् ।
नगरपालिकाले यसअघि पनि नगरक्षेत्रभित्रका जग्गा खोजी गर्न समिति गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?