आँबुखैरेनीद्वारा आँधिमुल मन्दिरमा वृक्षरोपण

विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका वडा नं. १ स्थित रहेको आँधिमुल मन्दिरको परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको छ ।

उक्त  परिसरमा  वेल, कपुर, अमला, तेजपत्ता, स्वामी धुपी लागायत विभिन्न प्रजातीका वोट विरुवाको वृक्षरोपण गरिएको छ।  धार्मिक रुपले पवित्र मानिने स्वामी र वेलको विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिर वहादुर थापाले उक्त धार्मिक तथा ऐतिहासिक महत्व वोकेको आधिमुल क्षेत्रको संरक्षण र सम्वर्दनका लागि गाउँपालिकाले सम्भाव्यता अध्यायग तथा वातावरणिय प्रभाव मुल्यांकन गरि विस्तृत गुरुयोजना तयार गर्ने बताए ।

उनले तत्कालन विरुवालाई हुर्काउन तथा तार जालीका लागि रु १ लाख दिने समेत घोषणा गरेका छन्  ।

२२ वटा धारा सहित २ पोखरी माछा र २ मन्दिर रहेको उक्त मन्दिर परिसर निकै रमणिय स्थान रहेको उक्त स्थानलाई गाउँपालिकाको धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको र आगामी दिनहरुमा समेत उक्त मन्दिरलाई अझ व्यवस्थित गर्दै लैजाने कुरा अध्यक्ष थापाले बताए ।

२०३५ सालमा पाकुली परियारले मन्दिरको संरक्षणका लागि सानो मन्दरको थपनाको रुपमा स्थापना गरेको र हाल सवै समुदायले संरक्षण गरि विकास गरिरहेको कुरा गाउँपालिकाको उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी गराए । उक्त वृक्षरोपण कार्यक्रममा ३६ वटा विरुवा वृक्षरोपण गरेको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले जानकारी दिए। उक्त कार्यक्रममा  गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, विभिन्न क्लव तथा संरक्षण समितिको पदाधिकारीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?