युवा रेडक्रस सर्कलको अध्यक्षमा सुनिता निर्वाचित

दमौली : युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा सुनिता तिवारी निर्वाचित भएकी छन । शुक्रबार व्यास- १ बिज्ञानचौरमा भएको साधारण सभा तथा नवौं अधिवेशनबाट तिवारी अध्यक्षमा निर्वबिरोध रुपमा निर्वाचित भएकी हुन् ।

त्यस्तै सर्कलको उपाध्यक्षमा उपाध्यक्ष सन्जिव सुनार, सचिव सविन लामिछाने, काेषाध्यक्ष राेजिना सुनार, सहसचिव सन्देश कोइराला चयन भएका हुन् । त्यस्तै सदस्यमा मन्जिला थापा, बबिता रानाभाट, सन्तोष विक, कन्चन साेमिया, सन्ध्या लौडारी रहेका छन । अधिवेशनले विभिन्न उपसमिति समेत गठन गरेको छ ।

दैविक प्रकोप तथा प्राथमिक उपसमिति संयाेजकमा सुमन खड्का, युवा परिचालन उपसमिति संयाेजक निशा भण्डारी, अर्थ उपसमिति संयाेजक कविना गैरे, संस्था समन्वयको उपसमिति संयाेजक सुरक्षा अधिकारी चयन भएका छन ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रसका केन्द्रिय सदस्य प्रदिप घिमिरेले मानविय र सामाजिक सेवाका लागि निस्वार्थ रुपले सबै भन्दा अग्रपंक्ति उभिने भावनाको विकास गरेमा समाज समृद्ध हुने बताए ।

कार्यक्रममा सर्कलका पुर्व अध्यक्ष लगायतलाई सम्मान गरिएको थिए । सर्कलका निर्वतमान अध्यक्ष सन्देश अधिकारीको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हडखले,युवा रेडक्रस सर्कल गण्डकी प्रदेश सयोजक रामदत्त पौडेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?