दुई सातासम्म रोकिएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ को प्रशारण आजबाट सुरू हुने भएको छ।
शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए ।
‘आजबाट हामी नक आउटका नयाँ शृङ्खलाहरु लिएर आउँदैछौं। महागुरू कोच दीपको स्वस्थमा क्रमिक सुधार आइ रहेको हुँदा यो साता र अर्को साता शुक्रबार मात्र नकआउटको नयाँ शृङ्खला प्रसारण हुनेछ। त्यसपछि शुक्रबार र शनिबारको नियमित प्रसारणमा आउने छौं’, उनले भने।
२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।
यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।
कोचमध्ये राजु लामाबाहेक अरू सबैलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भइसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।
आज बेलुकी ८ बजेबाट हिमालय टीभीबाट प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?