दमौली : बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो ।
त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा आयो ।
बुधबार ६० अंकले सेयर बजार वृद्धि भएको थियो । बिहीबार सबै उपसमूह राताम्य रहँदा सबैभन्दा धेरै वित्त र विकास बैंकका लगानीकर्ताले गुमाए ।
बिहीबार बढी घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रमोटर सेयरको मूल्य ६.६१ प्रतिशतले घटेर २३६ रुपैयाँ, सिंगटी हाइड्रोपावरको कम्पनीको मूल्य ५.३४ प्रतिशतले घट्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?